प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बन्दै

83

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। केही दिनअघि मात्र डिस्चार्ज भएकी सीतालाई स्वास्थ्य समस्या दोहोरिएपछि गत शनिबारदेखि ललितपुरस्थित मेटिसिटी अस्पतालमा भर्ना गरिएको हो।उनलाई अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ। शरीरमा अक्सिजनको मात्रा घटेपछि उनलाई आईसीयूमा राखेर उपचार गराइएको पारिवारिक स्रोतले बताएको छ। सीताको शरीरले बेला बेला श्वासप्रश्वास गर्न नसक्ने भएपछि अक्सिजन दिइएको हो।

सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन्।मधुमेह र उच्च रक्तचापबाट समेत पीडित भएकी सीता छोरा प्रकाश दाहालको निधनपछि कमजोर भएकी हुन्।उनि माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार समेत हुन्।

Leave A Reply

Your email address will not be published.