नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पोखरामा आयाेजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गठबन्धनको कुनै गन्तव्य नरहेकाे आराेप लगाएका छन । औलिले ‘गठबन्धन दिशाहिन विचारहिन र गन्तव्यहिन रहेकाे र ‘गठबन्धनमा को प्रधानमन्त्री बन्ने तँछाडमछाडमा मात्र लागेकाे बताए । गठबन्धनका नाइकेहरूले यो देशलाई दक्षिणपन्थी दिशामा लगे ।’ आउँदो निर्वाचनमा एमालेले लोकतन्त्र रक्षाका लागि जित्नुपर्ने र बहुमत ल्याउनुपर्ने उनले बताए ।‘लोकतान्त्रिक मूल्य मान्यताका लागि हामीले बहुमत प्राप्त गर्नुपर्छ । विचार नभएका नीति नभएका गठबन्धनले फरक फरक घोषणापत्र सार्वजनिक गरेका छन् । यो विचारहिन दिशाहिन छ । यसको कुनै भिजन छैन,’ उनले भने– ‘गन्तव्य नभएकाहरुले फरक–फरक घोषणापत्र बोकेर हिँडेका छन् । सबैले आफैंलाई प्रधानमन्त्री भन्दै जनतासँग भुटो आश्वासन दिइरहेका छन् ।