एक वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानी १४ करोड

33
biddhut

रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले आर्थिक वर्ष (आव) २०७८/७९ मा १४ करोड रुपैयाँ आम्दानी गरेको छ ।  जेठ २ देखि व्यावसायिक सञ्चालनमा आएको विमानस्थल कार्यालयको तथ्यांक अनुसार यस आवमा आन्तरिक उडान सेवाबाट १२ करोड ८५ लाख ८७ हजार रुपैयाँ र अन्तर्राष्ट्रिय उडान सेवाबाट १ करोड ५ लाख ५० हजार रुपैयाँ गरी कुल १३ करोड ९१ लाख ३७ हजार रुपैयाँ आम्दानी भएको छ । यस अवधिमा खर्च भने ८ करोड २८ लाख रुपैयाँ बराबरको भएको छ । विमानस्थलले १ करोड २४ लाख ९८ हजार रुपैयाँ पूँजीगत र ७ करोड ३ लाख रुपैयाँ चालु खर्च गरेको तथ्यांक छ । विमानस्थल बाट अहिले दैनिक १८ देखि २५ वटा उडान  भइरहेको छ ।

dengu 3 1
b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.