गाउँमै बसौं, बसौं भन्ने गरी अर्घाखाँचीको विकास गर्छु : पुष्पा भुसाल

32
biddhut

अर्घाखाँची ।  नेपाली कांगेसकी नेत्री एवम् अर्घाखाँची प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसालले ठुलापोखरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै जिल्लालाइ गाउँमै बसौं, बसौं भन्ने बनाउने प्रतिबद्धता जनाउनुभएकाे छ । कार्यक्रममा भुसालले अर्घाखाँचीलाई नयाँ ढंगले र नयाँ योजनाका साथ विकास गर्ने  र असुविधाका कारणले तराई र शहरमा बसाइसराई गर्नुपर्ने बाध्यताबाट मुक्त गर्ने गरी विकास गर्नुका साथै गाउँमै व्यवस्थित सडक, एक घर एक खानेपानीका धारा, शहरका नीजि स्कुलमा जस्तै पढाइ गाउँकै सरकारी स्कुलमा पढाई हुने, सर्वसुभल स्वास्थ्य सुविधा, सन्धिखर्क अस्पतालमा ५० शैयाको अस्पताल र विशेषज्ञ चिकित्सकबाट उपचार गर्न आफुले पहल गर्ने बताइन ।

dengu 3 1

गाउँमै कृषि उद्यम, उत्पादन, घरेलु उद्योग विस्तार सहितका नयाँ योजनाका साथ युवालाई स्वरोजगार बनाउने प्रतिबद्धता जनाइन । पर्यटन भित्राउन पूर्वाधार विकास लगायतका जनताका आधारभूत आवश्यक्ताका काम गर्ने बताइन । आफुले ५ वर्षमा अर्घाखाँचीलाई सुन्दर जिल्ला बनाउने प्रतिबद्धता समेत जनाइन । नेपाल राज्य

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.