ताैलिहवामा तस्करी मैलाउदै प्रहरी बेखवर

30
biddhut

ताैलिहवा ।   कपिलवस्तु सदरमुकाम तौलिहवामा तस्करीका घटनाहरू माैलाउदै गएका छन । तौलिहवा बाट नजिकै रहेकाे सिमा नाकाबाट भन्सार छलि प्रहरीकाे आखाँमा छाराे हाल्दै तस्करहरूले भन्सार नगरिएका वस्तुहरूकाे खुलेयाम ओसारपसार गरेका छन । वडा प्रहरी कार्यालय तौलिहवाकै मिलोमतोमा बजार क्षेत्रमा तस्करीको घटनाहरु मौलाउन थालेको छ । भारतका विभिन्न सीमावर्ती बजारहरुबाट ल्याईएका भंसार नगरिएका सामाग्रीहरु निर्वाद रुपमा तौलिहवा बजारका विभिन्न पसलहरुमा विक्री हुने गरेका छन् । कपडा, खाद्यान्न, मोटरसाईकल तथा मेसिनरी पार्टस् लगायतका अवैध रुपमा भित्र्याईएका मालसामान मोटर साईकलमा बोकेर तौलिहवा बजारका पसलहरुमा विक्री गरिएको छ ।

dengu 3 1

वडा प्रहरी कार्यालयका ईन्चार्जलाई आर्थिक प्रलोभनमा पारेर यस प्रकारको अवैध कारोवारहरु भई रहेको कारोवारमा संलग्न एक व्यवसायीले बताए । आम सर्वसाधारणलाई घरायसी प्रयोगका लागि माल सामान ल्याउंदा चेक जांचमा कडाई गर्ने प्रहरी भने तौलिहवा बजार भित्र खुलेयाम तस्करीका सामानहरु मोटरसाईकलमा बोक्दै गर्दा वडा प्रहरी कार्यालय बेखबर बनेको छ । यसका साथै तौलिहवा नगर क्षेत्रमा लागु औषधको कारोवार पनि बढेको छ । तर यस तर्फ भने वडा प्रहरीको खासै ध्यान जान सकेको छैन । साझा न्यूज

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.