कपिलवस्तुमा लोसपका सहमहान्त्री सिंह सहित संयौ कार्यकर्ता कांग्रेस प्रवेश

84

कपिलवस्तुमा   लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सहमहामन्त्री उपेन्द्र प्रताप सिंह सहित सयौं जना नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । त्यस्तै महांराजंज नगरपालिका वडा नं ९ निवासी तत्तकालिन पुर्व जिल्ला विकास समितिका इलाका सदस्य शिव प्रताप चौधरी पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनिहरुलाई नेपाली कांग्रेस लुम्विनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य , जिल्ला सभापति अब्दुल कलाम, प्रदेश सदस्य विक्रम सिंह थापा , नगर सभापति रामअचल चौधरील लगायले पार्टीमा टिका लगाएर प्रवेश गराएका छन् । राष्ट्यिता लोकतन्त्र र समाजवाद लाई अगाल्दै पार्टीमा प्रवेश गरेको शिव प्रताप चौधरीले बताए । मधेसको विकास,नागरिकता ,नेपाल भारत सम्वन्ध लगायतका विषयमा नेपाली कांग्रेसले नै पहल र ठोस कार्य गर्ने हुदां आफु पार्टी प्रवेश गरेको उपेन्द्र प्रताप सिंहले बताए । साथै विभिन्न पार्टीका स्थानीय नेता अकवर अहिल धुनिया ,करम हुसेन, रमजान धुनिया, समपक्त कुर्मी, दिनेश कुर्मी लगायत संयौ जना नेपाली कांग्रेस प्रवेश गरेको लुम्विनी प्रदेश सदस्य रोमलाल खनालनले जानकारी दिएका छन् । महांराजगज नगरपालिकामा पार्टीको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा महाधिवेशन प्रतिनिधि योगेन्द्र के.सी लगायतले सविधानको रक्षाको लागि लोकतान्त्रिक वाम गठबन्धनका उमेद्धारलाई निर्वाचित गराउनु पर्ने बताए ।

Leave A Reply

Your email address will not be published.