जनमत कपिलवस्तुका सचिव जितेन्द्र चौधरी जसपा प्रवेश

33
biddhut

कपिलवस्तुमा जनमत पार्टीका प्रभावशाली नेता एवम् जिल्ला सचिव जितेन्द्र चौधरी पार्टी परित्याग गरी  जनता समाजवादी पार्टी नेपालमा प्रवेश गर्नुभएको छ । उनले जिललामा जनमत पार्टीको प्रभावशाली नेताको रुपमा छवि बनाएका थिए । साथै शुद्धोधन गाउपालिका २ नन्दनगरबाट गत स्थानीय चुनावमा नेपाली काग्रेसबाट वार्ड अध्यक्ष पदका उम्मेदवार रहेका मायाराम यादव पनी जसपा प्रबेश गरेकाे जसपा कपिलवस्तुका जिल्ला अध्यक्ष शैलेन्द्र यादवले जानकारी दिएका  छन । उक्त पार्टी प्रवेश  कार्यक्रममा जसपा नेता बिजय यादव, नेता असफाक अहमद, सन्दीप कुर्मी, रामनयन यादव, कपिलवस्तु क्षेत्र नं १(१) प्रदेशसभा सदस्य पद जसपाका उम्मेदवार मेवालाल यादव लगायत को उपास्थिति रहेको थियो ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.