अर्घाखाँची । नेकपा (एमाले) केन्द्रीय सदस्य एवं अर्घाखाँची प्रदेशसभा (क) का उम्मेदवार चेतनारायण आचार्यले २०७४ को चुनाव जितेपछि पीचको काम शुरुवाती भएका चार सडकलाई पुरा गर्न जनताले यसपाली न्याय गर्ने बताए । उनले विकासका कामलाई हेरेर आफुलाई फेरी अवसर दिने बताए । लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री भएका आचार्यले सन्धिखर्क–तम्घास सडक, ठूलापोखरा–छत्रगञ्ज सडक, च्यानडाँडा– खन–खनदह सडक र चुत्रावेशी–धारापानी–ढाकावाङ सडकको पिच गर्ने कामको शुरुवात आफुले गरेको बताए ।
‘यी सडकका काम पुरा गर्न मलाई मतदाताले रोज्नेछन्,’ आचार्यले भने, ‘प्रदेशसभा (क) अन्तरगतका मुख्य तथा सहायक सडकलाई व्यवस्थित सडक बनाएर यात्रा सहज गराउन आफुले केही काम शुरुवात गरेर अहिले काम भैरहेका छन् । विस्तारै सबै सडकलाई पिच र ग्राभेल गर्ने योजना छ ।’ सहजै यात्रा गर्न सकिने सडक भएपछि आउजाउ गर्न मात्रै नभएर गाउँको आर्थिक समृद्धिमा पनि ठूलो टेवा पुग्ने आचार्यको भनाई छ । नेपालराज्य