कपिलवस्तु जिल्लाकाे बाणगंगा नगरपालिका स्थित गजेहडामा निर्वाचन बहिस्कार भन्दै माइकिङ गर्दै हिडेका १० जनालाई प्रहरीले पक्राउँ गरि नियन्त्रणमा लिएकाे छ । नेपालको झण्डासहित गाडिमा व्यानर समेत बनाएर माइकिङ गर्दै हिडका विभिन्न दलका कार्यक्रताहरुलाइ गजेहडाबाट पक्राउ गरि उनिहरूलाइ सम्झाइबुझाइ गरी बिहिबार नै साँझ छोडिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिपकबाबु के.सी.ले जानकारी दिनुभएकाे छ ।नेकपा क्रान्तिकारी (माओवादी),नेकपा (बहुमत) र नेकपा (मसाल) का कार्यक्रताहरु निर्वाचन अवज्ञारबहिँस्कार गरौँ भन्दै हिडिरहेको अवस्थामा गजेहडाबाट पक्राउ गरिएकाे हाे ।