कोमल वलीकाे विद्यार्थीसगँकाे चुनावी भेलाकाे तस्विर सामाजिक सञ्जालमा भाइरल

84

 दाङं  ।  नेकपा एमाले नेत्री एवम् दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार  कोमल वलीले विद्यार्थीलाई निर्वाचन आचारसंहिता विपरीत गरिएको  भेलाको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जालमा भाइरल भएको उक्त तस्वीर दाङको बबई गाउँपालिका– १ गँगटेस्थित सरस्वती जनता माविको हो । एमालेकी उम्मेदवार वलीसहित दाङ ३ ‘ख’ का उम्मेदवार हुकुम बस्नेतले आफ्नो चुनावी अभियानका क्रममा केहीदिन अघि दाङको एक विद्यालयमा पुगेर विद्यार्थी र शिक्षकहरुलाई राखेर भेला गरेका थिए ।तस्वीरमा विद्यार्थीले हातमा चुनावी प्रचारका सामग्री समाएको देखिन्छ ।

विद्यालय श्रोतका अनुसार उम्मेदवार वली र बस्नेतले विद्यार्थीलाई चुनावी प्रचार सामाग्रीसमेत बाँडेका थिए ।उक्त फोटो पहिले वलीको सचिवालयले नै फेसबुकमा सार्वजनिक गरे पनि केही समयपछि  फोटोहरू हटाएको थियो । विद्यालयका प्रधानाध्यापक नरेन्द्र साहुले उक्त तस्विर कार्तिक १५ गतेको भएको तर चुनावी भेला नभएको बताए । ‘चुनावी प्रचारका क्रममा उहाँहरु गाउँमा आउनुभएको रहेछ’ उनले भने, ‘दिउँसो खाजा खाने समय भएकाले विद्यार्थीसँग सानो भेला गर्नुभएको हो ।’निर्वाचन आचारसंहिताले भने चुनावी भेला र प्रचार प्रसारमा बालबालिकालाई प्रयोग गर्न रोक लगाएको छ ।  चुनावको प्रचारमा बालबालिका प्रयोग गरेको भन्दै सामाजिक सञ्जालमा वलीको आलोचना भइरहेको छ।

Leave A Reply

Your email address will not be published.