अर्घाखाँचीले १५ वर्षमा विकासमा फड्काे मारेको छ : रायमाझी

73
अर्घाखाँची ।  जिल्ला सदरमुकाम सन्धिखर्कमा ऋषि धमालासँग कार्यक्रममा बाेल्दै अर्घाखाँची जिल्ला क्षेत्र नं. १ प्रतिनिधी सभा सदस्य एवम् (नेकपा) एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले जिल्लाले आफु निर्वाचित भएपछी विकासमा ठुलाे फडकाे मारेकाे  बताएका छन ।  २०६४ सालमा आफु तत्कालिन क्षेत्र नम्बर १ बाट निर्वाचित भएपछि रायमाझी  पटक पटक मन्त्री र उपप्रधानमन्त्री भएर काम गर्ने अवसर पाएका छन । कार्यक्रममा बाेल्दै रायमाझीले ‘मोटरेवल फुल नहुँदा सास्ती थियो, धेरै ठाउँ पुल बनाए, टोलैपिच्छे मोटरबाटा विस्तार गरेर व्यवस्थित सडक बनाएँ, अब गाउँका सडक पिच र ग्राभेल गर्न बजेट परेको  पहाडी जिल्लामा अहिले ३ सय ट्याक्सी चलेका छन् । उनीहरुले रोजगारी पाए, शिक्षा, स्वास्थ्यमा पूर्वाधार निर्माण भएका छन् ।’ पर्यटन विकासको लागि नरपानी, सुपादेउराली, पाणिनि तपोभूमि, मालारानी, अर्घा, खाँची दरबार लगायतका ठाउँमा पूर्वाधार संरचना निर्माण गरेको उनले बताए ।
अर्घाखाँचीको मुहार फेर्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन, पोखरा–सुर्खेत सडक, मदन भण्डारी मार्ग, गच्छे–भालुवाङ सडक लगायतका थुप्रै सडकमा करोडौं बजेट पारेर काम भैरहेको रायमाझीको तर्क छ । केही वस्ती बाहेक अर्घाखाँचीमा विद्युत विस्तार भएको छ । अब कृषि, पर्यटक, कृषि उद्यमबाट युवालाई स्वरोजगार बनाउने, जिल्लामै गुणस्तरीय शिक्षाका लागि आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए । २०६४ देखि ०७९ सम्म विकासमा धेरै परिवर्तन भएको  बताएका छन । उनले विकास र समृद्धिको लागि फेरी पनि जनताले टोपबहादुर नै खोजेको दावी गरे । नेपाल राज्य
Leave A Reply

Your email address will not be published.