अर्घाखाँची । तिन राजनितिक दलहरूले अर्घाखाँचीमा आगामी प्रतिनिधी सभा र प्रदेश सभाकाे चुनाव बहिष्कार गर्ने घोषणा गरेका छन् । जिल्ला सदरमुकाम सन्धिखर्कमा आयाेजित संसदिय निर्वाचन र यसको औचित्य बिषयक संयुक्त अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा मशाल र नेकपा क्रान्तिकारी (माओवादी) तिन पार्टीले सामुहिक रूपमा ‘चुनाव अवज्ञा र बहिष्कार गरौं’ भन्ने मान्यताका साथ चुनाव बहिष्कार गर्ने बताएका छन ।
उनिहरूले नेपालमा भ्रष्टाचार, अत्याचार र अन्यायका घटना बढीरहेको भन्दै पछिल्लो समय नेपालमा वाईटबडी जहाजमा भएको भ्रष्टाचार, सेक्युरिटी प्रिन्टीङ्ख प्रेस खरिदमा भएको अनियमितता, सुन कान्ड, ओम्नि कान्ड, बतास कान्ड, एनसेल लाई ट्याक्स मिनाहा, निर्मला पन्तको हत्या प्रकरणमा राज्यको मौनता, निरन्तर सरकार बदली जस्ता संसदिय व्यवस्थाको चारित्रीक विशेषता भएको भन्दै जनताले यसको विकल्प खोजेकाले निर्वाचन बहिष्कार गर्ने बताएका छन् ।
विगत चार दशकदेखि नेपालमा रहेको संसदीय व्यवस्थाका कारण अहिलेसम्म राष्ट्रले निकास पाउन नसकेकाले पुनः यही व्यवस्थामा आफुहरु निर्वाचन नलड्ने नेकपा (बहुमत) का ब्युरो सदस्य तथा रुपन्देही संयोजक सुनिल बन्जाडेले बताएका छन । तिन दलद्धारा प्रस्तुत गरिएको कार्यपत्रमा नेपाली जनताको हित गर्ने नौलो जनवाद हुदै वैज्ञानिक समाजवाद स्थापनाका लागी अगाडि बढ्ने निति तथा कार्यक्रम सहित कार्यपत्र प्रस्तुत गरिएको थियो । अर्घाखाँची पाेष्ट