काठमाण्डाैँ ।  मंगलबार नेप्से परिसूचक ५६.११ अंकले बढेको छ। आज नेप्से २.९९ प्रतिशतले बढेर १९३०.९९ बिन्दुमा पुगेर बन्द भएको छ।मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। सोमबार ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो।लाभांशको सिजन चलिरहेको, वाणिज्य बैंकहरूको प्रथम त्रैमासिक रिपोर्ट औसतमा राम्रो आएको तथा बैंकहरूको निक्षेप वृद्धिसँगै तरलता सहज भएर ब्याजदर घट्ने अपेक्षा भएसँगै नेप्सेमा सुधार देखिएको छ।मंगलबार न्यादी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता मूल्य २८८ रुपैयाँ २० पैसामा बन्द भएको छ।  यस दिन २३१ वटा धितोपत्रको १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६४१ रुपैयाँ बराबरको कारोबार भएको छ।

wada 3 lu tato

By Aavash

Leave a Reply

Your email address will not be published. Required fields are marked *