रुपन्देहीको १ मा पुर्व सहयात्री विश्वकर्मा र भुसाल बिच प्रतिस्पर्धी राेचक

68

रुपन्देही जिल्लाकाे  निर्वाचन क्षेत्र १ काे चुनावी माहाेल यती बेला राेचक बनेकाे छ ।  एमालेले टिकट नदिए पछी पार्टी परित्याग गरि   स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल र एमाले सचिव छविलाल विश्वकर्मा यतिबेला एकअर्काका प्रतिस्पर्धी  मैदानमा छन ।  पहिले सहयात्री बनेर एउटै पार्टी बाट काम गरेका घनश्याम भुसाल र  छविलाल विश्वकर्मा यतिबेला एकअर्काका आलोचक एवम शत्रु बनेर चुनावी प्रचार प्रसार गरेका छन ।  दुवैले एक अर्कालाई तीखो टिप्पणी गर्दै चुनाव प्रचार गरेका छन ।  एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल लाइ सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले समर्थन गरेपछि चुनावी प्रतिस्पर्धी अझ राेचक बनेकाे छ ।एमालेका उम्मेदवार विश्वकर्मालाई जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थन छ । ।एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेका देवदह निवासी टीकाराम चापागाईँ पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

रुपन्देहीकाे क्षेत्र १ अन्तर्गत  देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका वडा ७, ८, ९, १०, ११, १२, १५, १६ र १७ ओमसोतिया गाउँपालिका  र रोहिणी गाउँपालिका पर्छ । केही दिनअघि एउटै पार्टीका नेता यतिबेला फरक फरक दलबाट उम्मेदवार बनेर घरदैलोमा पुग्दा मतदाता अलमलमा परेका छन् ।स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतअनुसार भुसालको गठबन्धनभन्दा एमाले, जसपा र राप्रपाको गठबन्धन करिब १० हजार मतको हाराहारीमा अगाडि देखिन्छ । पार्टीको सङ्गठन र विगतको मत हेरेर नै जित्ने आधार भएको एमाले उम्मेदवार छविलाल विश्वकर्माको भनाइ छ । यता घनश्याम भुसालले एमालेको भोट काट्ने अनुमान गरिएको छ । प्रतिनिधिसभामा कांग्रेसको उम्मेदवार नभएकाले कांग्रेसको सबै भोटसहित गठबन्धनको भोट आफूले पाउने भुसालको दाबी छ  ।नेता भुसाल २०७४ मा गृहनगर रहेको रुपन्देही क्षेत्र ३ मा एमालेबाट चुनाव लडेर जित्नुभएको थियो । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा रुपन्देही –१ बाट माओवादी केन्द्रका घनश्याम यादव निर्वाचित हुनुभयो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका अब्दुल रज्जाक विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी विश्वकर्मा नै हुनुहुन्थ्यो । गाेरखापत्र

 

Leave A Reply

Your email address will not be published.