अर्घाखाँची । आगामी प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नंं. १ (क) बाट सत्ता गटबन्धनका साझा उम्मेदवार एवम् राष्ट्रिय जनमोर्चा का नेता सागर के सि ले मालारानि गाउँपालिकाका मतदाता सगँ भेटघाटकाे क्रममा बाेल्दै पैसा कमाउन रहर हुनेले राजनिती गर्न नहुने बताउनु भएकाे छ । के. सी .ले आफू राजनितिमा पैसा कमाउन नभई जनताको सेवा र जिल्लाको बिकास गर्न होमिएको बताउनुभयाे । एमालेहरुले जिल्लावासी र राष्ट्रिय जनमोर्चा संग धेरै राजनितिक बेइमानि गरेको र जनताहरु संग पनि पूरा नगर्ने झुटा आस्वाशन दिएर जिल्लाको बिकास निर्माणमा पनि बेइमानी गरेको आरोप लगाएका हुन । उक्त कार्यक्रममा बाेल्देै उनले गत स्थानिय निर्वाचनमा एमाले हरुले जनतालाइ एक किलो मासु र ५०० रुपैयामा किन्ने प्रयास गरेको आफू संग प्रमाण भएको बताएका छन । भेटघाट कार्यक्रममा उम्मेद्बार सागर के सी ले जिल्लाकाे समग्र विकाशकाे लागि कुनै किसिमकाे भ्रम र लोभमा नपरी आफू र सिंगो गठबन्धनलाई मतदान गरि जिल्ला बिकासको अभियानमा सहयाेग गर्न अपिल समेत गरेका छन ।