कपिलवस्तु । उमेद्धारी निष्कृय पार्न वागि उमेद्धारलाई कांग्रेस कपिलवस्तु आग्रह गरेको छ । आसन्न मंसिर ४ गने हुन गइरहेको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन र पार्टी विपरित उमेद्धारी दिएका कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई कार्तिक १७ गते सम्म उमेद्धारी निष्कृय पार्न कपिलवस्तु कांग्रेसले आग्रह गरेको छ । केन्द्रिय समितिले उमेद्धारी दर्ताको दिन नै वागी उमेद्धार तथा सर्मथक र प्रस्तावकलाई पार्टीबाट निष्कासित गरेतापनि कार्तिक १७ गते सम्म उमेद्धारी निष्कृय पारेमा पार्टी कारवाही नगरिने पार्टीका कपिलवस्तु अनुशासन समिति संयोजक रवि बहादुर काफ्ले द्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । बाम लोकतान्त्रिक गठबन्धवाट उमेद्धारलाई सहयोग गरि पार्टी संगठन विपरित उमेद्धारी दिएका नेता तथा कार्यकर्ताहरुलाई उमेद्धारी निष्कृय पारी सहयोग गर्न आग्रह समेत गरिएको छ ।
कपिलवस्तु क्षेत्र नं. १ बाट प्रतिनिधीसभा संसदमा नेपाली कांग्रेसका नेता, पूर्व क्षेत्रिय सभापी ललीत गुरूङ्ग र कपिलवस्तु क्षेत्र नं. २ क बाट प्रधेश सभा सदस्य पदमा कांग्रेसका युवा नेता थानेश्वर अर्याल (अच्यूत) स्वतन्त्र उम्मेद्धारी दर्ता गरी चुनावी अभियानमा होमिएका छन् । कपिलवस्तु क्षेत्र नं. १ बाम लोकतान्त्रिक गठबन्धनका तर्फ माअाेवादी नेता पूर्व कृषी मन्त्री चक्रपाणी खनाल (बलदेव) उम्मेद्वार छन भने २ (क) बाट नेपाली कांग्रेसका नेता पुर्व एस.एस.पी बिक्रम सिंह थापा अाधिकारीक उम्मेद्वार रहेका छन् । अाधिकारीक उम्मेद्वारहरूलाइ निर्बाचित गराउन सम्पुर्ण पार्टी पक्तीलाइ नेपाली कांग्रेसका नेताहरूले अपील गरेका छन् ।