विष्णु पौडेलको आम्दानीको स्रोत खोज्न गठबन्धनका नेताहरूको माग

33

 रूपन्देही ।  सत्ता गठबन्धनले बुटवलको नयाँ गाउँमा सोमबार चुनावी सम्पर्क कार्यालय उद्घाटन गरेकाे छ । सत्ता गठबन्धनकाे तर्फबाट रूपन्देही २मा पाचँ दलिय साझा उम्मेदवार एवंम राष्ट्रिय जनमुक्ति पार्टीका नेता केशवबहादुर थापा (सूर्यवंशी) ले उम्मेदवारी दिएका छन । थापाले  कार्यक्रममा बोल्दै नेकपा एमालेले पटक–पटक देशको संविधान मिच्ने कोसिस गरेकाले संविधानका रक्षक गठबन्धनका उम्मेदवारले जीत हासिल गर्नुपर्ने विचार व्यक्त गरे । रुपन्देही २ मा चुनाव परिचालन समितिका संयोजक तथा एकीकृत समाजवादीका नेता राजु गुरुङले एमालेका उम्मेदवार विष्णु पौडेललाई पराजित गरेरै छोड्ने बताए । उनले विष्णु पौडेलको आम्दानीको स्रोत पनि खोज्नुपर्ने उल्लेख गरे ।

dengu 3 1

‘विष्णु पौडेलले न कुनै जागिर गरे, न कुनै पेसा व्यवसाय गरे तर काठमाडौँमा आलिसान घर तथा २० औँ करोडको सम्पत्ति कसरी आर्जन गरे ?’ पौडेलको सम्पत्ति छानबिन गर्नुपर्ने उनको भनाई छ । अकुत सम्पत्ति कमाएका पौडेलको खोजबिन हुनुपर्ने भन्दै गुरुङले यहाँका जनताले यसपटक उनलाई पराजित गरेर पठाउने उद्घोष गरे ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.