यस क्षेत्रको विकास र परिवर्तनको खाका तयार गरेकाे छुँः एमाले उम्मेदवार के.सी

68

कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिकाका विभिन्न टोलमा घरदैलो कार्यक्रममा मतदाता माझ बाेल्दै नेकपा एमालेका प्रदेश सभा क्षेत्र नं. ३ (क) का उम्मेदवार एवम एमाले नेता अर्जुन कुमार के सी ले   देश विकासकाे लहर ल्याउन र समाज तथा राष्ट्र निर्माणको निम्ति  एमाले नेतृत्वको सरकार आवश्यक भएको बताउनु भएको छ । विकासका लागि एमालेको विकल्प नभएको  भन्दै सूर्य चिन्हमा मतदान गरी आफनेा पार्टी लाइ पहिलाे बनाउन पनी मतदाताहरूलाइ आग्रह गर्नु भयो । एमाले सरकारको पालामा आफुले गरेका योजना सुनाउदै यस क्षेत्रमा आफ्नो पाटीको सरकारले संचालन गरिरहेका अधिकांश विकासका योजनाको एमाले सरकार ढले पछि वर्तमान सरकारले बजेट कटौती र रकमान्तरण गरेको बताउनु भयो ।विकास अभियान व्यवस्थित बनाउन, राष्ट्रियता बलियो बनाउन, भ्रष्टाचार नियन्त्रण गर्न एमालेको सरकार आवश्यक भएको स्पष्ट पार्दै सुर्य चिन्हमा मतदान गर्न आग्रह गर्नु भयो ।

आफुसगँ यस क्षेत्रको विकास ,परिवर्तन र समृद्धिको खाका  रहेकाले  जित पछि यस आफुले तयार गरेका जनमुखी विकासका गूरु योजना पुरा गर्ने बताउनु भयो ।  विकास अभियान व्यवस्थित बनाउन, राष्ट्रियता बलियो बनाउन, भ्रष्टाचार नियन्त्रण गर्न एमालेको सरकार आवश्यक भएको बताउनु भएको थियो । घ रदैलो कार्यक्रम गर्दै उम्मेदवार के सी ले कृषि, स्वास्थ्य, शिक्षा, विकास निर्माण तथा शान्ति सुरक्षा कायम गर्नमा एमाले पार्टी सधैं अग्रस्थानमा रहेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.