रुपन्देहीमा छठ घाट जाने क्रममा कारकाे ठक्करबाट ३५ दिने शिशु सहित ३ काे मृत्यु

77

बुटवल ।  रुपन्देहीमा आज बिहान ५ बजेतिर छठ घाट जाने क्रममा भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिंदा ३५ दिनको एक शिशु सहित तिन जनाकाे मृत्यु भएकाे छ  भने दुइ जना घाइते भएका छन । उक्त घटनामा रुपन्देही जिल्ला ओमसतिया गाउँपालिका-४ पननीकी १४ वर्षीया सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको हो । कारको ठक्करबाट शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र  २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् ।

घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको र ठक्कर दिएर फरार कार र चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिएका छन  ।

Leave A Reply

Your email address will not be published.