राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रदेश खारेज राप्रपाकाे प्रमुख एजेन्डा

34
biddhut

 काठमाडौं । आगामी प्रदेश सभा तथा प्रतिनिधिसभाकाे लागी राप्रपाले आफना एजेन्डाहरू सार्वजानिक गरेकाे छ । राप्रपाले अभिभावकीय संस्थाका रुपमा राजसंस्था, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र प्रदेशलाई खारेज गरेर केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय स्वरुप हुनुपर्ने , पूर्ण समानुपातिक संसद हुनुपर्ने सोमबार सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख गरेकाे छ ।

dengu 3 1

एक व्यक्तिले दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने, उच्चस्तरीय नागरिक अयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था गर्ने पनि राप्रपाको घोषणापत्रमा उल्लेख छ ।घोषणापत्रमा राप्रपाले नेपाल बन्द जस्तो कार्यक्रम कहिल्यै नगर्ने प्रतिवद्धता समेत जनाएको छ । साथै सत्ता केन्द्रित राजनीति नगर्ने बताएको उसले भनेको छ, ‘आगामी दिनमा सत्ताभन्दा आफ्नो प्राथमिकताका मुद्दाहरु स्थापना गर्न केन्द्रित हुने ।’

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.