आज अदालतमा सन्दीप लामिछाने विरुद्ध अभियोजन पत्र दर्ता गरिदैँ

76

काठमाडौं  । आज जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछाने विरुद्ध  अभियोजन पत्र दायर गरिने भएको छ । लामिछानेलाई नाबालिग बलात्कारको आरोपमा  जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी वृत्त गौशालाको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोजनपत्र दायर गर्न लागेको हो । १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै अभियोजन पत्र दायर गरिन लागेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

मुलुकी अपराध संहिता, २०७४ मा १८ वर्षभन्दा कम उमेरको करणी मुद्दामा परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कैद हुने व्यवस्था छ । यसबाहेक पीडितलाई उचित क्षतिपूर्तिको माग पनि गरिने भएको छ । अभियोजनपत्र दायर पछि अदालतमा सन्दीपको बयान र थुनछेक बहस हुनेछ । त्यसपछि अदालतले उनलाई तारेखमा छाड्ने वा पुर्पक्षका लागि जेल पठाउने भन्नेबारे आदेश दिनेछ ।

Leave A Reply

Your email address will not be published.