आज माओवादी, एकीकृत समाजवादी र राप्रपाले घोषणापत्र सार्वजनिक गर्दै

86

काठमाण्डाै । आगामी प्रतिनिधी सभा र प्रदेश सभा  चुनावका लागि माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज घोषणापत्र सार्वजनिक गर्ने भएका छन् । माओवादी केन्द्रले केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे आफनाे प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागेको हो । त्यस्तै एकीकृत समाजवादीले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा घोषणापत्र सार्वजनिक गर्न लागेको छ । यस्तै, राप्रपाले बिहान साढे ११ बजे नयाँ बानेश्वरको एक पार्टी प्यालेसमा घोषणापत्र सार्वजनिक कार्यक्रम राखेको छ ।

माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्त्वका साथ उठाएको जनाएको छ । उसले यसअघि पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दा उठाउँदै आएको थियो भने संविधान जारी गर्ने बेलामा यो विषयमा फरकमत राखेको थियो ।एकीकृत समाजवादीले नागरिकको अधिकार, आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई विशेष जोड दिइएको घोषणापत्रमा उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने लक्ष्य राखिएको छ।

Leave A Reply

Your email address will not be published.