काठमाडौं । चुनाव नजिकिए सँगै नेकपा माओवादी केन्द्रले घोषणापत्र सार्वजनिक गर्ने तयारि गरेकाे छ । नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तयार पारेको घोषणापत्र कार्तिक १४ गते अर्थात सोमबार सार्वजनिक गर्ने जनाएकाे छ। सोमबार दिउँसो तीन बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्ययले जानकारी दिए । माओवादीले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा घोषणापत्र निर्माण समिति बनाएको थियो । माओवादीले घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने उल्लेख गरेको छ ।त्यस्तै घोषणापत्रमा समाजवाद उन्मुख अर्थव्यवस्थाको व्याख्या समेत गरिएको घोषणा पत्र निर्माण समितिका एक सदस्यले जानकारी दिए ।