बुटवलमा स्वतन्त्र पार्टीका उम्मेदवारकाे घरमा राखिएकाे बम सेना द्वारा डिस्पोज

73

रूपन्देही । रुपन्देही प्रतिनिधी सभा क्षेत्र नम्बर–२  मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट  उम्मेदवारी दिएका गणेश पौडेलको घर परिसरमा बम भेटिएको छ । घरको गेटमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।  बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँस्थित उत्तम पथमा रहेको उम्मेदवार पौडेलको घरको गेटमा शंकास्पद वस्तु फेला परेपछि सेनालाई खबर गरिएको थियो । कार्टुनमा खतरा  लेखेर  राखेको वस्तु प्रेसर कुकर बम रहेको र सेनाले डिस्पोज गरेको इलाका प्रहरी कार्यलयले बुटवलले  जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.