देशका धेरै ठाउँमा प्रदूषणसहितको तुवाँलो

75

काठमाण्डाै । भारतबाट पनि प्रदूषणसहितको हावा नेपाल आउने क्रममा रहेकाे र नेपालकै केही ठाउँमा खेतमा पराल जलाउनाले तुवाँलो र वायु प्रदूषण केही दिनमा झनै बढ्ने सम्भावना छ । अहिले  देशका धेरै ठाउँमा प्रदूषणसहितको तुवाँलो लागेको छ । पानी पर्ने क्रम रोकिएसँगै तुवाँलो लागेको मौसमविद्ले बताएका छन् ।  आज देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश एक, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Leave A Reply

Your email address will not be published.