#NoNotAgain ट्वीटर ट्रेण्डिङकाे शिर्ष स्थानमा

40
biddhut

काठमाडौं । निर्वाचन आयोगको चेतावनीपछि #NoNotAgain अझ धेरै फैलिन लागेकाे छ । #NoNotAgain अहिले नेपालकाे ट्वीटरको ट्रेण्डिङमा आएको छ । मंसिर ४ को प्रतिनिधि सभाकाे  निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालमा प्रमुख दलका शीर्ष नेताहरुलाई फेरि जिताउन नहुने भन्दै अभियान चलिरहेको छ । पछिल्लो समय निर्वाचन आयोगले यो विद्युतीय कारोबार ऐन, निर्वाचन कसुर तथा सजाय ऐन र निर्वाचन आचार संहिताविरुद्ध भएको भन्दै बन्द गर्न चेतावनी दिएको थियो । यो समाचार तयार पार्दासम्म एक हजार १४९ पटक ट्वीट भएको छ । ट्वीटर ट्रेडिङको दोस्रो नम्बरमा मेस्सी, तेस्रोमा जर्मनी छ भने छैटौं नम्बरमा तिहार छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.