सन्धिखर्क । अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिकाका दधिराम भुसाल हत्याका दुई जना आरोपितहरू लाइ घटना भएको १२ वर्ष पछि प्रहरीले पक्राउ गर्ने सफल भएकाे छ । दधिराम भुसालकाे वि.स २०६७ साल माघ २५ गते हत्या गरिएका थियाे । २०७५ असार ३ गते जिल्ला अदालत अर्घाखाँचीले हत्यामा संलग्न ९ जनालाई २० वर्ष कैदको फैसला सुनाएको थियाे । जसमध्ये ६ जना ले कैद भुक्तान गरिरहेका छन् भने एक जना अझै फरार रहेका छन् । दुई जना स्थानीय शालिकबहादुर बुढा र नारायण बुढालाई पक्राउ प्रहरीले अहिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अघाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभएकाे छ । ।