काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेताका लागि उम्मेदवारी आह्वान गरेको छ । दलको नेताका लागि समानुपातिक र प्रत्यक्ष उम्मेदवारहरुले ७ कात्तिकको साँझ ५ बजेसम्म आवेदन दिनसक्ने छन् । पार्टी विधानको धारा ७२(१) बमोजिम प्रारम्भीक निर्वाचन गर्न लागिएको रास्वपाका प्रवक्ता डा. मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रास्वपाको विधानको धारा ७२(१) मा संघीय निर्वाचन अगावै पार्टीको तर्फबाट संघीय निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारहरुमध्ये इच्छुकबीच दलको नेता छनोटका लागि निर्वाचन गर्ने उल्लेख छ । खसेको कुल मतको बहुमत ल्याउने उम्मेदवार दलको नेता हुने विधानको व्यवस्था छ ।