रुपन्देही । नेपाल पत्रकार महासंघ रुपन्देहीकाे आयाेजनामा रुपन्देहीका पत्रकारहरू विभिन्न विधाका पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । विभिन्न संस्था तथा पालिकासंगको सहकार्यमा वितरण गर्दै आएको तीन विधाका पत्रकारिता पुरस्कारबाट ९ जना पत्रकार पुरस्कृत भएका हुन । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा स्थापित ५० हजार रुपैयाँ नगद राशीको उत्कृष्ट पत्रकारिता पुरस्कार यानेन्द्र जीसी, रामप्रसाद आचार्य र रेखा भुसाल पुरस्कृत भएका छन् । उनीहरुले क्रमशः २०७५,२०७६ र २०७७ सालको पुरस्कार पाएका हुन् । यस्तै बुटवल पब्लिक स्कुलको सहकार्यमा स्थापित १० हजार राशीको शिक्षा पत्रकारितता पुरस्कारबाट कपिल ज्ञवाली, चन्द्रकान्त खनाल र पूजा पन्थी पुरस्कृत भएका छन् ।
सिद्धार्थनगर नगरपालिकाको सहकार्यमा स्थापित ५ हजार राशीको सिद्धार्थ श्रमजीवि पत्रकारिता पुरस्कार नरेश केसी, प्रकाश न्यौपाने र प्रतीक पौडेलले प्राप्त गरेका छन् । पत्रकारहरू लाइ महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र जिल्ला अध्यक्ष रामराज पोखरेलले पुरस्कार प्रदान गरेका हुन । अनलाइन खवर