कपिलवस्तु । कान्छा सांसदको परिचय बनाएर चर्चामा रहने कपिलवस्तु जिल्लाको पश्चिम क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह तीन पटक प्रत्यक्ष निर्वाचित भई चार पटक सांसद हुने जिल्लाको एकमात्र नेता हुन । यद्यपि उनी पटक पटक सांसद भए पनि मन्त्री हुने अवसर भने पाएनन । यो पटक निर्वाचित भएमा मन्त्री पक्का भएको सांसद निकट स्रोतले दाबी गरेको छ ।भद्र र निडर शैलीको राजनितिले युवा माझ लोकप्रिय नेताका रुपमा स्थापित निर्वतमान सांसद शाह मंसिर र ४ गते हुन गइरहेको निर्वाचनमा पांचौ पटक आफ्नो भाग्यको परीक्षा दिन तैयार रहेको बताउँछन् । उनी भन्छन – स्थानीय स्तर मै जनताका बीच पुगेर सुख दुःखमा सहभागी हुन्छु ,समस्या बुझ्छु र समाधान गर्छु । शान्ति सुरक्षा र यस क्षेत्रको बिकासमा संघर्षरत छु । शाहले विगत १५ बर्षमा के के गर्नुभयो भन्ने जवाफा यसो भन्छन् ।
शाहले भने संविधान सभा सदस्यका रुपमा २ पटक निर्वाचित भएपछि संविधान निर्माण नै मुख्य एजेन्डा थियाकम बजेट हुन्थयो ,स्थानीय तह विहिन क्षेत्रमा बिकास निर्माणका काम सन्तुलित भइ अगाडि बढ्दै गरेकाले संसदीय बजेटले ठुलो क्षेत्रलाई बांड्नु च्यालेन्ज थियो तर पनि अति आवश्यक क्षेत्रको विकासमा आफूले जोड दिएको उनी बताउँछन् ।२०७४ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसबाट सांसदमा निर्वाचित भएपछि अढाई बर्ष विपक्षमा नै विताउनु परेको बताउँदै तत्कालीन प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कार्यलाई रोक्न सर्वोच्चले ओली सरकार बर्खास्त गरेपछि संविधान रक्षाका निम्ति देउवा नेतृत्वको पांच दलिय गठबन्धन सरकार गठन भएको र त्यसपछि आफ्नो क्षेत्रमा स्थानीय तहको बजेट बाहेक प्रदेश र केन्द्र सरकारमार्फत दुई अरब भन्दा बढी बजेट आफ्नो पलहमा भिœयाएको बताए । जस मध्ये केही योजनाहरु शुरु भईसकेको उनले बताए शाहले आफ्नो क्षेत्रको बिकासका लागि विगत १५ बर्षमा गरेका बिकास निर्माणका केही कार्यहरुमध्ये मुख्य जिल्ला कै दुर्गम मानिएको आरटिओ सडक निर्माण तथा विस्तार संसदीय कोषबाट शुरु गरि अहिले लोक माग (महेन्द्र राजमार्ग)सम्म पुगेको बताए ।
शाहका केही मुख्य योजनाहरु
– चन्द्रौटा–कृष्णनगर फोरलेन सडक बनाउन भारतीय राजदुतावासलाई ताकेता गरि निर्माण कार्य आन्तिम चरणसम्म पुगेको ।
– कृष्णनगर बजारको सडकलाई राष्ट्रिय योजनामा राख्न सफल जसको निर्माण भइरहेको ।
– नेपाल आदर्श क्याम्पस शिवपुरलाई बस व्यवस्थापन , साथै महेन्द्र माविलाई क्याम्पस संचालन पहल गरेपनि पुर्वाधारका कमीले प्रविधिक कुरा मिलाउन समय लाग्ने तर छिट्टै संचालनमा ल्याउने प्रतिबद्धता ।
–आँखा अस्पताल बहादुरगंजमा निःशुल्क सल्यक्रियाको लागि भवन निर्माणमा बजेट व्यवस्थापन ।
– लकडाउनको बहानामा ओली सरकारले कृष्णनगर नाका बन्द गराएर सिमाक्षेत्रका जनता दुख पाउदै गरेकोले दुईदेशबीच सम्बन्ध सुधार गर्दै आम नेपालीलाई आवतजावत सहज गराउन महत्वपूर्ण भूमिका निर्वाह ।
– कृष्णनगर नाकालाई इमिग्रेसनको लागि पटक पटक संसदमा आवाज उठाई सरकारको ध्यानाकर्षण ।
– दर्जनौं डिप वोरिङ्ग लगायतको सिंचाई व्यवस्था ।
– चरंगाहवा नदीमा पुल निर्माणका लागि पहल गरेंपछि फलस्वरूप निर्माण कार्य जारी छ र आधा दर्जन गाउँ टापु हुनबाट बचाएको ।
– दुई लेनको हुलाकी रोड छिट्टै बनाउन जिल्लाका सांसद मिलेर दबाव दिएको र जुन अहिले निर्माणाधीन अवस्थामै रहेको ।
– प्रत्येक पालिकामा एम्बुलेन्सको व्यवस्थापनका लागि बजेट विनियोजन र व्यवस्थापन ।
– लकडाउनका बेला अरु नेता घरमा बसे तर जनताको बीचमा गई आवश्यकता अनुसार राहत सहयोग ।
– भारतमा फसेका नेपालीहरु दशगजामा रोकेर राखेको आवस्थामा नाकाबाटै भित्रयाइ सम्बन्धित पालिकासम्म पु¥याउन सहयोग ।
– लकडाउनमा खुलेका १० नाका मध्ये एक कृष्णनगरमा नेपाल आफ्नो जग्गा दिएर होल्डिङ्ग सेन्टर निर्माण समपन्न ।
– जीर्ण अवस्थामा रहेका मठ मन्दिरहरुलाई मरम्मत ।
– राम गोरखा माविलाई प्रविधिक क्याम्पसका रुपमा विकास गर्न जेटिए (बाली र पशु) कार्यक्रम संचालन गराउन सहयोग गरियो ।
– भारतीय दुतावासबाट दर्जनौ बिद्यार्थीाई छात्रवृत्तिमा डाक्टर, इन्जिनियर पढन पठाउन पहल ।
– लक्ष्मी पुजामा प्रहरीको गोली लागेर हत्या भएको सुन्दर पाण्डेलाई सहिद घोषणा गराइ राज्यबाट सहयोग उपलब्ध ।
– कृष्णनगर , बहादुरगंज , चन्द्रौटा र विजयनगर गाउंपालिकाभित्र ल बाटोघाटो ,पुलपुलेसो , धर्मशाला लगायत पुर्वाधार निर्माणमा बजेट विनियोजन र व्यवस्थापन ।
– आफ्नो क्षेत्रमा खोपको व्यवस्थापनका लागि आवश्यक पहल ।
— शैंयौं गरिब आवास निर्माण ।
– कन्चनिया डायर्भसन निर्माण समपन्न ।
– शिवराज अस्पतालमा अप्रेशन थेटरकारको भवन निर्माण ।
– भारतीय दुतावासबाट आफ्नो क्षेत्रको लागि आधा दर्जन एम्बुलेंस , दमकल उपलब्ध ।
साथै स्थानीय तहसंगको समन्वयमा गाउँ गाउंमा आरसिसि, पिसिसि,ग्रेभल बाटो, खानेपानी, सा–साना कल्भर्ट निर्माण लगायतका लागि संसदीय बजेट विनियोजित गरिएर बिकासलाई गाउंस्तरसम्म पुर्याउने प्रयास गरेको शाहले बताए ।निर्वतमान सांसद शाह अहिले कपिलवस्तु क्षेत्र ३ बाट कांग्रेस , माओवादी केन्द्र , जनमोर्चा, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीको पांच दलिय गठबन्धनका साझा उम्मेदवारका रुपमा आफ्नो क्षेत्रमा घरदैलो गर्न व्यस्थ रहको शाह बताउँछन् । कपिलवस्तु टाइमस