न्युजिल्याण्डकाे बलियाे सुरूवात, अष्ट्रेलिया ८९ रनले पराजित

35
biddhut

अष्ट्रेलियामा आयाेजित  टी–२० विश्वकप अन्तर्गतकाे सुपर–१२ को पहिलो खेलमा  अष्ट्रेलिया न्युजिल्याण्डसँग ८९ रनले पराजित भएको छ । दुई सय एक रनको जवाफी लक्ष्य पछ्याएकाे अष्ट्रेलिया १७ दशमलव १ ओभरमा अल आउट हुँदै एक सय ११ रनमा स्तब्ध भयाे । डेभोन कोनवे र फिन एलेन र जेम्स निशमले उत्कृष्ट ब्याटिङमा न्युजिल्याण्डले २०० रन बनायाे। अष्ट्रेलियाका जोस हेजलउडले दुई र जाम्पाले एक विकेट लिए । अस्ट्रेलियाकाे तर्फबाट कुनै ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । ग्लेन म्याक्सवेलले २८ र प्याट कमिन्सले २१ रन बनाए ।न्युजिल्याण्डका बलर टिम साउथी र मिचेल सान्टनरले समान ३ विकेट लिए भने ट्रेन्ट बोल्टले दुई विकेट लिए । जित सँगै न्युजिल्याण्डले खातामा महत्वपुर्ण  दुई अकं जाेडेकाे छ । त्यस्तै दाेस्राे खेलमा इंग्लयान्ड र अफगानिस्तान खेल्दै छन ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.