गठबन्धनको तोकिएको चिन्हमा भोट हाल्नूः अतहर

189

कपिलवस्तु वाम लोकतान्त्रिक गठबन्धनका चुनावी कमाण्डर अतहर कमाल मुसलमानले मुलुकको वर्तमान आवश्यकता अनुसार गठबन्धन गरिएको बताएका छन् ।केपी ओलीजस्तो तानाशाहीबाट मुलुकलाई जोगाउनको लागि सारा कुरा छोडेर अहिले गठबन्धन गरिएको बताउँदै कमालले कपिलवस्तुमा पनि गठबन्धनले तोकेकै चिन्हमा मत खसाल्न नेता कार्यकर्तालाई आग्रह गरे । गठबन्धनको वाणगंगा ४ गजेहडामा प्रचार प्रसार तथा सम्पर्क कार्यालयको उद्घाटन गर्दै कमालले क्षेत्र नम्बर १ को प्रतिनिधि र प्रदेश सभामा कसरी मत राख्ने भन्दै उनले भने ‘यहाँ कुनै पार्टीका उम्मेदवार छैनन् । गठबन्धनका मात्र उम्मेदवार छन् ।

प्रतिनिध सभामा रुख चिन्ह छैन । गठबन्धनबाट गोलाकार भित्र हसिया हथौडा छ । यसमा वलदेव उठ्नु भएको छ । प्रदेशमा रुख चिन्हबाट डोलकराम घिमिरे उठ्नु भएको छ । अर्को मत पत्र हुन्छ समानुपातिकको त्यसमा सबै दलको आआफ्नै चिन्ह हुन्छ । त्यही अनुसार मत खसाल्नू । यहाँ दायाँबायाँ गर्ने छुट छैन ।’ उनले सम्पर्क कार्यालय खोलेपछि अब एक ढिक्का भएर अघि बढ्न आग्रह गरे । सबै एक भइसकेको भन्दै कपिलवस्तुमा सबै स्थानमा चुनाव जित्न गठबन्धनलाई समस्या नरहेको उनको दावी छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चक्रपाणी खनाल, प्रदेश सभा सदस्यका उम्मेदवार डोलकराम घिमिरे, गठबन्धनका अरु नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.