एमालेको भोट माग्ने नैतिक अधिकार छैनः धुर्व रायमाझी

42

कपिलवस्तु क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य राप्रपाका उम्मेद्वार धुर्व रायमाझिले नेकपा एमालेको भोट माग्ने कुनै नैतिक अधिकार नभएको बताउनु भएको छ । राप्रपा केन्द्रिय सदस्य समेत रहेका रायमाझिले शुक्रवार बाणगंगा चार नम्बरमा निर्वाचन प्रचार प्रसार कार्यलयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । उहाँले भन्नु भयो “राजनितीक स्थिरता दिन्छौं, विकास निमार्ण गर्छौ भन्ने एमाले उम्मेद्वारले न पार्टी बचाउन सके न विकास निमार्ण गर्न सके ।” अब के नैतिक आधार छ उनिहरुले जनता संग भोट माग्ने उहाँले प्रश्न गर्नु भयो ।

dengu 3 1

अब कुनै पनि राजनितीक दलले जनतालाई सुनाउने केहि छैन उल्टै जनताले प्रश्न गरेका छन् । के गर्नु भयो र अहिले सम्म कहाँ लुक्नु भएको थियो ? रायमाझिले भन्नुभयो । उहाँले थप्नु भयो गठबन्धनले पनि कुनै लछार पाटो लाउने छैन् । उहाँले राप्रपाका युवाहरु एउटा परिर्वतनको लहर ल्याएर आएको बताउनु भयो । पुर्व मेचि देखि पश्चिम महाकाली सम्म राप्रपाको जन लहरले ठुला राजनितिक दल आत्तिएको उहाँले बताउनु भयो । कपिलवस्तुका जनताले राप्रपा राम्रो संग बुझेकाले अवको नेतृत्वमा राप्रपाका उम्मेद्वारलाई हलो चिन्हमा छाप लगाएर पठाउनेमा आफु विश्वस्त रहेको उहाँले जिकिर गर्नु भयो । प्रेसपाटी

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.