वेष्ट इण्डिज टी-२० विश्वकपबाट बाहिरियो,आयरल्याण्डसँग ९ विकेटले पराजित

76

काठमाडौं ।  दुई पटकको विजेता वेष्ट इण्डिज आईसीसी टी-२० विश्वकपको समूह चरणबाटै घर फर्केको छ । अष्ट्रेलियामा आज (शुक्रबार) भएको खेलमा आयरल्याण्डसँग ९ विकेटको फराकिलो अन्तरले पराजित हुँदै वेष्ट इण्डिज टी–२० विश्वकपबाट बाहिरिएको हो ।

वेष्टइण्डिजसँगको जितसँगै आयरल्याण्ड सुपर १२ मा पुगेको छ ।वेष्ट इण्डिजले दिएको १४७ को लक्ष्य पछ्याएको आयरल्याण्डले १७.३ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो । आयरल्याण्डलाई जिताउँदै सुपर १२ मा पु¥याउन ओपनर ब्याटर पल स्टर्लिङले ६६ रनको अविजित पारी खेले । उनले ४८ बलमा ६ चौका र २ छक्का प्रहार गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.