दशौं राष्ट्रिय खेलकुद २०८१ मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुने

85

काठमाडौं । दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ सालको मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ ।गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले दशौंको मिति घोषणा गरेका हुन् । राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौंको मिति र स्थान तय गरेको उनले जानकारी दिए

Leave A Reply

Your email address will not be published.