कपिलवस्तुको शुद्दोधनमा भेटिएको ४ लाख बराबरकाे सामान भन्सार चलान

67

 तैलिहवा ।  कपिलबस्तुको शुद्दोधन गाँउपालिका वडा न. ५ शिवलवा चोकमा बेवारीसे अवस्थामा भेटिएको कस्मेटिक समान प्रहरीले भन्सारका लागि पठाएको छ । प्रहरीका अनुसार पोन्डस् पाउडर ६ सय पिस, क्लोज अफ कोलगेट ६१ कार्टुन भेटिएको र त्यस्को मुल्य करिब ४ लाख बराबरको रहेको बताएको छ । सोहि स्थानमा खटिएको प्रहरी गस्ती टोलिले समान फेला पारी आवश्यक कारवाहीको लागी सुठौली भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय तैलिहवाले जनाएको छ । बिहान ०५ः३० बजेको समयमा उक्त सामान भेटिएको हो ।

Leave A Reply

Your email address will not be published.