रूपन्देहीका राजनीतिक दल द्वारा आचारसंहिता पूर्ण पालना गर्ने सामूहिक प्रतिवद्धता

43

 बुटवल ।  रूपन्देहीमा क्रियाशील राजनीतिक दलहरूले निर्वाचन आयोगद्वारा जारी गरिएको आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन्।चाँदनी नेपालले बुटवलमा आयोजना गरेको कार्यक्रममा जिल्लामा क्रियाशील सात राजनीतिक दलले ७ बुँदे प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिवद्धता जनाएका हुन्।नेपाली कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाण, नेकपा एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, नेकपा माओवादी केन्द्र रूपन्देहीका संयोजक निर्मल जिसी, लोसपाका लुम्बिनी प्रदेश प्रवक्ता मोहम्मद इश्लाम, जसपाका लुम्बिनी प्रदेश सहइन्चार्ज नवीन सुनार, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अविराम बिक र राप्रपाका केन्द्रीय सदस्यधध तोयनाथ लम्सालले ७ बुँदे साझा प्रतिवद्धतामा हस्ताक्षर गर्नु भएको छ।

उहाँहरूले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन आफूहरू प्रतिवद्ध रहेको बताउनुभयो। त्यस्तै मतदाताले आफूले रोजेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्ने हकको संरक्षण र सुनिश्चितताप्रति संवेदनशील रहेको भन्दै दलहरूले भनेका दल र उम्मेदवारको घोषणापत्र र एजेण्डाका आधारमा स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्ने सहज वातावरण तयार गरिने छ। प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।दलहरूले आफ्ना विचार मतदातासमक्ष खुल्लारूपमा राख्ने र एक अर्काप्रति सम्मानजनक व्यवहार गरिने भन्दै आपसमा आरोप प्रत्यारोप तथा मान, प्रतिष्ठामा आँच पुग्ने गतिविधि नगर्ने प्रतिवद्धता जनाएका छन्।

निर्वाचन प्रचारप्रसार, आनमसभा तथा जुलुसमा १८ वर्ष उमेर नपुगेका बालबालिकाहरूलाई सहभागी नगराउने, भ्रमपूर्ण सूचना प्रवाहलाई निरूत्साहित गरिने पनि दलहरूले प्रतिबद्धता जनाएका छन्।त्यस्तै एक दलले अर्को दलको कार्यक्रम नबिथोल्ने वा अवरोध नपुर्‍याउने दलहरूले निर्वाचन आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत, मतदान अधिकृतहरू र पर्यवेक्षण गर्ने निकायसँग समन्वय र सहयोगी भूमिका निर्वाह गरिने पनि जनाइएको छ।कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाणले चुनाव आचारसंहिता पालना गर्न आफूहरू प्रतिबद्धरहेको बताउनु भयो। सोही क्रममा उहाँले सञ्चारकर्मीलाई पूर्वाग्रह नराखी निष्पक्ष तवरले समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख समेत रहेका खाणले आफू चुनाब प्रचार प्रसारमा जाँदा सरकारी सवारी साधन प्रयोग नगर्ने र रूपन्देहीका पालिका प्रमुखलाई पनि प्रयोग नगर्न आग्रह गर्नु भयो। सबैले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्णरूपमा पालना गरौं खाणले भन्नु भयो। नेकपा एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले पनि आफूहरूले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्णरूपमा पालना गर्ने बताउनु भयो। उहाँले प्रतिपक्षका भन्दा सरकारीपक्षबाट निर्वाचन आचारसंहिता पालना नहुने बताउनु भयो।कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय रूपन्देहीका सूचना अधिकारी टेकराज पन्थीले सबै क्षेत्रबाट आचारसंहिता पालना भए मात्रै निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सकिन्छ तर यसका लागि राजनीतिक दलहरूको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताउनु भयो।
मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनालले सबै राजनीतिकदलहरू स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा लाग्नु पर्ने बताउनु भयो। उहाँले राजनीति आस्थाका आधारमा भन्दा पनि निस्पक्ष चुनाबको पक्षमा लाग्नुपर्ने बताउनु भयो।

dengu 3 1

नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेलले रूपन्देहीमा कार्यरत सञ्चारकर्मीहरूलाई आस्थाका आधारमा समाचार सम्प्रेषण नगरी निष्पक्ष र स्वतन्त्र रूपले लाग्नुपर्ने बताउनु भयो। उहाँले चुनाब मात्र सबै चिज नभएकाले मंसिर ४ पछि पनि यही समाजमा बस्नुपर्ने हुन्छ यस कारण राजनीतिक आस्थालाई यथास्थानमा राखेर निष्पक्ष र सन्तुलित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई आग्रह गर्नुभयो।गैरसरकारी संस्था महासंघका धर्मराज घिमिरेले मिथ्या र भ्रमपूर्ण सूचना प्रवाह हुन नदिन र आचारसंहिता कडा ढङ्गले पालना गर्नुपर्नेमा जोड दिनुभयो। चाँदनी नेपालका अध्यक्ष भवानीप्रसाद पाण्डेले आचारसंहिता पालनामा प्रतिवद्ध गराउन कार्यक्रम आयोजना गरिएको बताउनु भयो।

रूपन्देहीमा ५ निर्वाचन क्षेत्र ६ लाख ३८ हजार ९ सय ५२ मतदाता

b 4

आगामी मंसिर ४ गते हुने निर्वाचनमा रूपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यतर्फ ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै १० क्षेत्रमा प्रदेशसभातर्फ ११२ जनाले उम्मेदवारी दर्ता छन्।रुपन्देहीका ५ वटा क्षेत्रमा कुल ६ लाख ३८ हजार ९ सय ५२ मतदाता रहेका छन्। जसमध्ये ३ लाख २७हजार ४ सय ३३ पुरूष, ३ लाख ११ हजार ५ सय ११महिला र ८ जना अन्य मतदाता छन्।रूपन्देहीको क्षेत्र नम्बर–१ मा देवदह नगरपालिका, रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ७ देखि १७ सम्म र ओमसतिया गाउँपालिकाको १ देखि ६ सम्मका वडा पर्छन्।
रूपन्देहीको क्षेत्र नम्बर–२ मा बुटवल उपमहानगरपालिकाको १ देखि १३ सम्म, सैनामैना नगरपालिकाको वडा नम्बर १ देखि ४ सम्म र तिलोत्तमा नगरपालिकाको १ देखि ६ सम्म पर्छन्।

रूपन्देहीको क्षेत्रनम्बर–१ मा सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका र बुटवल उपमहानगरपालिकाको वडा नम्बर १४ देखि १९ सम्म, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाको १, २, ३, ६, ७ र तिलोत्तमा नगरपालिकाको वडा नम्बर १३ र १४ पर्छन्। रूपन्देहीको क्षेत्रनम्बर–४ मा मर्चवार क्षेत्रको ३ वटा कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिकालाई समावेश गरिएको छ। साथै लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर २, १२, १३, मायादेवी गाउँपालिकाको वडा नम्बर २ देखि ६ सम्म र सियारी गाउँपालिकाको वडा नम्बर ४ र ५ पर्छन्। रूपन्देहीको क्षेत्र नम्बर–५मा कञ्चन गाउँपालिका र गैडहवा गाउँपालिका, सैनामैना नगरपालिकाको ५ देखि ११ सम्म, लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर १ र ३ देखि ११ सम्म र मायादेवी गाउँपालिकाको वडा नम्बर १ पर्छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.