भारतीय काँग्रेसकाे अध्यक्ष खड्गे निर्वाचित

70

काठमाडौँ । भारतीय काँग्रेस पार्टीमा माल्लिकार्जुन खड्गे अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँले सात हजार ८९७ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँ दक्षिण भारतको एक दलित परिवारमा जन्मनुभएका अनुभवी राजनीतिज्ञको रूपमा परिचित हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी शशी थरुरले करिब एक हजार मत प्राप्त गर्नुभयो । निर्वाचनमा ४१६ मत बदर भएको थियो ।

पराजित हुनुभएका थरुरले एक ट्विट गर्नुहुँदै अध्यक्ष पदमा विजयी हुनु ठूलो उत्तराधिकारी हुनु र महान् सम्मान भएको बताउनुहुँदै आउँदो दिनमा सफलता पाओस् भनेर शुभकामना गर्नुभयो । र, उहाँले काँग्रेस पार्टीका मतदाताहरूले एक हजारभन्दा बढी मत दिएर समर्थन गरेकोमा आभार प्रकट गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.