डलरको भाउ अहिलेसम्मकै उच्च : आज बिक्रीदर १ सय ३२ रुपैयाँ ८ पैसा

40
biddhut

काठमाण्डाै । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको खरिद दर १ सय ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८ पैसा तोकेको छ । डलरको यो भाउ अहिलेसम्मकै उच्च हो । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । विश्वबजारमा अमेरिकी डलरको भाउ उच्चबिन्दुमा पुगेसँगै नेपाली मुद्राको मूल्य अवमूल्यन भएको हो । विश्वका प्रमुख मुद्रासँग तुलना गर्दा अमेरिकी डलर दुई दशकयताकै शक्तिशाली बनेको छ । यसको अर्थ डलर खरिद गर्नु अझ महँगो बनेको छ । यसले विश्वभरिको व्यापार र आन्तरिक कारोबारलाई समेत असर पार्नेछ ।

dengu 3 1

आयात गर्ने सामग्रीका लागि थप महँगो पर्छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १ सय ६० रुपैयाँ रहेको छ भने बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा  छ । युरो एकको खरिद दर १ सय २९ रुपैयाँ १५ पैसा र बिक्री दर १ सय २९ रुपैयाँ ७४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ४८ रुपैयाँ २० पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ ८८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.