कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ को चुनावी प्रतिस्पर्धा त्रिकाेणिय बन्नेपछि राेेचक बन्दै गएपनि गठबन्धनका उम्मेदवार नै प्रबल देखिएका छन।मंशीर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा तिर पुराना उम्मेदवारहरु बीच नै निर्णायक प्रतिस्पर्धा हुने सामाजिक संजाल लगायत चाैक चाैराहामा चुनावी महाैल बन्दै गएपनि बाम-लाेकतान्त्रिक गठबन्धनका एकल उम्मेदवार निर्वतमान सांसद अभिषेक प्रताप शाह कै पक्षमा चर्चा बढी पाइन्छ । नेपाली कांग्रेस , माओवादी केन्द्र , जनमाेर्चा, एसमाजवादी, लाेसपाका एकल उम्मेदवारमा शाह अहिले प्रबल दाबेदार देखिएका छन । गठबन्धन दलकाे अंकगणित मिल्याे भने यसपाली ३२ हजार प्लास मत पाउने सांसद शाहले आफ्नाे फेसबुक पेजमा दाबी गर्नुभएकाे थियाे ।
पश्चिम कपिलवस्तुका पुराना राजनीतिक परिवारबाट निरन्तर चार पटक सांसद बनेका अभिषेक प्रताप शाहकाे क्षेत्रका युवा समुहमा राम्राे दखल भएकाे पाइन्छ । स्थानीय तहमा नेपाली कांग्रेसमा काका रजत प्रताप शाह लाई प्रवेश गराई पार्टीभित्रकाे किचलाेका कारणपनि नगरप्रमुखमा निर्वाचित गराउन सफल भएकाले लाेकप्रियताका आधारमा यसपाली पनि जीत निश्चित रहेकाे अनुमान चाैक चाैराहामा चलिरहेको छ । क्षेत्रका तीनवटै स्थानीय तहमा आफू अनुकुलमा उम्मेदवार जिताउन मत प्रभाव पार्न सक्ने भएकाले पनि आफ्ना कार्यकालमा गरेका बिकास निर्माणका कार्य तथा जनताप्रतिकाे उत्तरदायित्वले पुन: निर्वाचित हुने विस्वस्त देखिन्छन् ।
त्यस्तै निर्वर्तमान सांसद शाहका बुवा बाजे र पुर्वमन्त्री स्व. मिर्जा दिलशाद वेगकै समयदेखि नै विभिन्न दलहुदै निरन्तर चुनावी मैदानमा प्रतिस्पर्धा गर्दै आएका पुराना नेता मंगल प्रसाद गुप्ता पनि नेकपा एमालेकाे टिकट पाएपछि चुनावी मैदानमा फेरि उत्रेका हुन । उम्मेदवार गुप्ता विगतका निर्वाचनहरुमा निरन्तर असफल भएपनि उम्मेदवारी दिन छाेडेका छैन्न र यसपालीकाे निर्वाचनमा केही उत्तरी मतदातालाई फकाउन लागिपरेका छन । नेकपा एमाले र जसपाकाे गठबन्धन टुटेपछि गुप्तालाई एमालेका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री मिर्जा दिलशाद वेगका ज्वाइँ सेराज फारुकी , सुशील कुमार श्रीवास्तवकाे साथ छ भने प्रदेश ३ (क) बाट उम्मेदवार बनेका निवर्तमान प्रदेश सांसद अर्जुन केसीले उत्तरी मतदाताकाे मत दिलाउने छन साथै ३ (ख) बाट रजाउर्रहमान खांले मुस्लिम लगायतका मतदाता तथा विजयनगर गाउंपालिकाका अध्यक्ष गाेपाल थापाले समेत सहयाेग गरे सिट निस्कने भएकाले घरदैलो तीव्र पारेका हुन । पार्टी कार्यालय उद्घाटनकाे क्रममा सांसद शाहलाई जवाफ फर्काउदै ३४ हजार प्लस मत ल्याउने भिडियाे समाजिक संजालमा भाइरल भईरहेकाे छ ।
अर्का प्रतिस्पर्धाी पुर्वराज्यमन्त्री ईश्वरदयाल मिश्र ०७४ काे निर्वाचनमा स्वतन्त्र समुहमा आवद्ध भई तात्कालिन नेकपाकाे सुर्य चिन्ह लिएर मैदानमा उत्रेका थिए तर उत्तरी मतदातामा भदाैं ३० काे घटनामा सक्रिय रहेकाले मिश्रप्रति झुकाव कमै देखिएका कारण तेस्राे स्थानमा पुगेका थिए । तर यसपालीकाे निर्वाचनमा नेकपा एमालेकाे काेटामा मुस्लिम आयाेगका सदस्य मनाेनित भएका अरसद मिर्जाका भाइलाई स्थानीय तह र प्रदेशसभामा एमालेले टिकट नदिएपछि हृदयेश त्रिपाठी नेतृत्वकाे जनता प्रगतिशील पार्टीबाट ३ (ख) मा रशिद मिर्जा वेग लाई अगाडि सारेका छन भने प्रतिनिधि सभा सदस्यमा पार्टीका महासचिव रहेकाे मिश्र आफैले उम्मेदवारी दिनुभएकाे हाे । मिश्रले कुटनैतिक तरिकाले ३(क) मा कुनै गठबन्धन नगरेपनि उम्मेदवार उतारेका छैन्न । उनका अनुसार ३ (क)का जुन उम्मेदवारले प्रतिनिधि सभामा सहयाेग गर्छ उनलाइ नै सहयाेग गर्न उम्मेदवारी नहालेर मित्रवत प्रतिस्पर्धा गरिनेछ । प्रतिनिधि सभा सदस्य तर्फ नै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार प्रकाश रजाैरिया र जनमत पार्टीबाट पुर्वसभाषद नरसिंह चाैधरीले पनि आफ्नाे राजनितिक भविष्य का लागि घरदैलाे ,प्रचार-प्रसार कार्यालय उद्घाटनमा व्यस्त देखिनछन । स्राेतः कपिलवस्तुटाइमस