पूर्व (एआईजी) सिंहलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान

29
biddhut

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्र बहादुर सिंहलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहलाई सो अवार्ड प्रदान गरेका हुन् । बझाङका बुंगल नगरपालिका घर भएका सिंहले २०६३ मा प्रहरीबाट अवकाश पाएका थिए ।

dengu 3 1
  • २०३३ मा प्रहरी इन्स्पेक्टरमा भर्ना भएका राजेन्द्रबहादुर सिंह १९९१ मा युगोस्लाभियामा युद्ध हुँदा वार क्राइमबारे अनुसन्धान गर्न त्यहाँ खटिएका थिए । बेलायतमा प्रहरी अधिकृतको पास आउट समारोहमा गएर आफुले सलामी ग्रहण गरेको सिंहले बताए । जनयुद्धमा आफूमाथि ३ पटक आक्रमण भएको उल्लेख गर्दै नक्साल स्थित प्रहरी दिवस समारोहमा सिंहले भने– ‘युद्धमा पटक पटक आक्रमण भएपनि विचलित भइन् । सिंह अहिले नर्भिक इन्टरनेशनल अस्पतालमा कार्यरत छन् ।
b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.