यस्तो हुनेछ प्रत्यक्षतर्फको मतपत्र

30
biddhut

काठमाण्डाै  ।  निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फको वास्तविक मतपत्रकाे नमुना सार्वजनिक गरेको छ । आयोगले विभिन्न जिल्लाका मतपत्र क्रमैसँग छापिरहेको छ । छपाइ भइसकेका केही जिल्लाका मतपत्रको नमुना आयोगले सार्वजनिक गरेको हो । यसपटकको चुनावमा उम्मेदवार नभएका ठाउँमा उनीहरुको चुनाव चिह्न पनि राखिएको छैन । उदाहरणको लागि कञ्चनपुरको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार नै नभएकाले मतपत्रमा रुख चिह्न राखिएको छैन ।

dengu 3 1

गठबन्धनका दलले देशैभरि तालमेल गरेकाले मतपत्रमा कतै रुख, कतै हँसिया हथौडा, कतै कलम र कतै गिलास चिह्न  राखिएको छैन । यस्तै, एमालेले पनि केही क्षेत्रमा विभिन्न दलसँग तालमेल गरेकाले केही मतपत्रमा सूर्य चिह्न राखिएको छैन ।  आयोगले सबै क्षेत्रको लागि छुट्टाछुट्टै मतपत्र छाप्ने तयारी गरेको छ । प्रत्यक्षतर्फको वास्तविक मतपत्रकाे नमुना हेर्न यहाँ क्लिक गर्नुहाेस्

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.