रूपन्देही । गृहमन्त्री बालकृष्ण खाणले नेपाल कम्युनिस्ट पार्टी (विप्लव), सिके राउत नेतृत्वको जनमत पार्टी र थारु कल्याणकारी सभाले राखेका माग पूरा गर्न सरकारले प्रक्रिया अगाडि बढाएको बताउनु भएको छ । आइतबार रुपन्देहीको बुटवल उपमहानगरपालिकाकाे १९ नम्बर वडामा चुनाव प्रचार प्रसार कार्यालयको उदघाटन कार्यक्रममा उहाँले ती दलले राखेका राजनीतिक र प्रशासनिक निर्णयबाट पूरा गर्न सक्ने माग पूरा गर्न तत्काल प्रक्रिया अघि बढाउने निर्णय मन्त्रपरिषद् बैठकले गरिसकेको बताउनु भयो ।
उहाँले यी राजनीतिक दलहरूलाई मुलधारमा ल्याइ मुलुकमा शान्ति स्थापना गर्न कानुन संशोधन गर्नु पर्ने भएमा कानु संशोधनको प्रक्रिया अघि बढाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको पनि बताउनुभयो । यी दलले विभिन्न आन्दोलनका क्रममा पक्राउ गरिएका कार्यकर्ता विना शर्त रिहा गर्न, आफूहरूसंग सरकारले गरेका सहमति कार्यान्वयनमा ल्याउन माग गर्दै आएका छन् ।