करिब २० महिने अवधीमा के–के गरे त पूर्व कृषिमन्त्री खनालले ?

44

नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव चक्रपाणि खनाल बलदेव ले आपm्नो २० महिने कार्यकालमा के के गरे ? बर्षौदेखी अल्झिएर बसेका कृषि व्यवसाय प्रवर्द्धन ऐन, पशु स्वास्थ्य तथा पशु सेवा ऐन लगायतका ७ वटा ऐनहरु स्विकृत । वर्षेनी हुने गरेको मिल्क होलिडे सदाको लागि अन्त्य गर्न धुलो दूध आयातलाई अनुज्ञा पत्र नदिई आयात रोकिएको । स्मरण रहोस धुलो दुध आयातलाई पुर्ववत् रुपमा सुचारु गराउन शक्ति केन्द्रहरुको निरन्तर दवाव आउने गरेको ।

वर्षौदेखी उखुमा दिने गरिएको अनुदान रकम किसानको नाममा विचौलीया तथा उद्योगीहरुले दुरुपयोग गरिराखेको अवस्थामा कार्यविधि संसोधन मार्फत अनुदान रकम सिधै नेपाली किसानको खातामा जाने व्यवस्था गरेको । स्मरण रहोस् यही विषयमा कार्यविधि संसोधनको विरोध गर्दै हृदयेश त्रीपाठिले कृषि मन्त्रालय खारेज गर्नुपर्छ भन्दै वक्तव्यवाजी गर्दै हिडेको ।

dengu 3 1

खसी बोका आयातमा विगतदेखी नै हुने गरेको लापरबाहीलाई अन्त्य गर्दै क्वारेन्टाईनसम्बन्धी कानुनको कडाईका साथ कार्यान्वयन गरी खसिवोका आयातलाई अन्त्य गरिएको । स्मरण रहोस खसिवोका आयातलाई पुर्ववत् रुपमा सुचारु गराउन शक्ति केन्द्रहरुको निरन्तर दवाव आउने गरेको । किसानको हकहित संरक्षण गर्न र कृषि अनुदानलाई वास्तविक किसानहरुमाझ समतामुलक तरिकाले उपलब्ध गराउन निर्देशिका तयार गरी स्विकृतिको लागि मन्त्रिपरिषदमा पेश भएको तर ४ महिनादेखि रोकिएको ।

किसानहरुको वर्गिकरण गरी किसान पेन्सन लगायतका सुरक्षाका कार्यक्रमहरु संचालनको लागि नियमावली तयार भएको र यस आर्थिक वर्षमा कार्यान्वयन हुने गरी कार्यक्रम तयार गरिएको । कृषिमा युवाहरुको आकर्षण वढाउन कृषिमा यूवा कार्यक्रम संचालन गरिएको । मन्त्रालय मातहतका निकायमा हुने नियुक्तिहरुलाई पारदर्शी बनाउन नियुक्ति मापदण्ड तयार गरीएको तर करिव ६ महिनादेखी उक्त मापदण्ड मन्त्रीपरिषदमा अड्किएको । नियुक्तिको विषयमा शक्ति केन्द्रहरुको अनावश्यक चासो तथा दवाव आउने गर्दछ ।
कृषि उत्पादनमा राष्ट्रलाई आत्मनिर्भर वनाउन बजेट तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयनमा रहेको । खाद्य स्वच्छता अभियान संचालन गरिएको तथा विषादी परिक्षणको लागि सुविधासम्पन्न ल्याबहरुको स्थापनाको कार्य अगाडि बढेको ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.