शताब्दी पुरुष सत्यमोहन जोशीको दाहसंस्कार नगरिने

45

काठमाडौं । ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएका वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको दाहसंस्कार नगरिने भएको छ । जाेशीकाे शव नजलाई अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिने  तयारी भइरहेकाे छ । शवलाई अस्पतालको प्रांगणमा श्रद्धाञ्लीका लागि राखिने पारिवारिक स्रोतले जानकारी दिएको छ । जोशीले मृत्यु अघि नै शरीर दान गरेका थिए ।

dengu 3 1

उनको दाहसंस्कार कसरी कसरी गर्ने भन्ने बारेमा परिवार र अस्पतालबीच छलफल भएको थियो। छलफलकाे क्रममा  जाेशीकाे शवलाई  नजलाई  अध्ययनकाे लागि अस्पतालमा राख्ने  सहमति  भएकाे हाे । शताब्दी पुरुष जाेशीकाे आज बिहान ७ बजेर ९ मिनेटमा  १०३ वर्षकाे उमेरमा निधन भएकाे थियाे ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.