गौतमबुद्ध विमानस्थलमा रोजगारी खुल्दा स्थानीयलाई प्राथमिकता दिन्छुः गृहमन्त्री खाण

44

 रूपन्देही । भैरहवामा आयोजित गठबन्धनको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयलाई रोजगारी दिलाउने बताएका छन् ।  स्थानीयले आफ्नो जग्गा उपलब्ध गराएपछि मात्र विमानस्थल निर्माण सम्पन्न भएकोले विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयले योग्यता अनुसारको रोजगारीमा प्राथमिकता पाउने उल्लेख गरे । उनले भने, ‘विमानस्थल निमार्णका लागि पुस्तौली जग्गा दिएर योगदान पुर्याएकाहरुले नै हरेक अवसरमा पहिलो प्राथमिकता पाउनुपर्छ, स्थानीयले जग्गा नदिएको भए विमानस्थल बन्न सम्भव थिएन ।’

dengu 3 1

गृहमन्त्री खाणले विमानस्थल निर्माण हुँदा जसको जग्गा अधिग्रहणमा परेको छ, त्यो परिवारका सदस्यलाई विमानस्थलको रोजगारीमा योग्यताअनुसार प्राथमिकतामा राख्न सरकार प्रतिबद्ध रहेको बताए । सोबारे आफूले गौतमबुद्ध विमानस्थल प्रमुख र नागरिक उड्डयन प्राधिकरणसँग कुरा पनि गरीरहेको उनको भनाइ थियो । त्यस्तै विमानस्थलमा कार्गो सञ्चालनका लागि पहल भैरहेको भन्दै उनले कार्गो सञ्चालनमा आएपछि यहाँको कृषि तथा औद्योगिक उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पुर्याएर स्थानीयलाई रोजगारी बढाउन सक्ने बताए । खाँण पाँचदलीय गठबन्धनबाट रुपन्देही– ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । चुनावी कार्यक्रमका लागि उनी रुपन्देहीमा ब्यस्त छन् ।  स्राेतः राताेपाटी

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.