बागलुङमा गठबन्धनकाे चुनावि सम्पर्क कार्यलय स्थापना

68

बागलुङ ।  देश आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमय बनिसकेको छ । देशका हरेक जिल्ला तथा क्षेत्रहरुमा चुनाव लक्षित गतिविधि बढ्न थालेका छन् । सँधै केन्द्रमा रहने नेतादेखी लाखापाखा लागेका कार्यकर्ता सम्म आफू निकट राजनैतिक दल तथा उम्मेदवारलाई जिताउन हरसम्भब प्रयास गरिरहेका छन् ।यसै क्रममा नेपालभित्रको नेपाल भनेर चिनिने बागलुङ जिल्लालाई पनि चुनावी माहोलले तताएको छ । बागलुङमा शुक्रबार पाच दलीय गठवन्धनले चुनावी प्रचारप्रसारको सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । सम्पर्क कार्यालयको उद्घाटन गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीद्वारा गरिएको छ ।

बागलुङ बजारमा रहेको उच्च अदालत पोखरा बागलुङ ईजलास नजिक निर्वाचन क्षेत्र न. १, प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र न. क र ख को चुनावी सम्पर्क कार्यालय स्थापना गरिएको नेपाली काङ्ग्रेस बागलुङका सचिव समेत रहेका बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए । जिल्लामा पाँच दलीय वाम–लोकतान्त्रीक गठबन्धनको तर्फबाट बागलुङ निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट चित्रबहादुर केसी प्रदेश (क) बाट नेपाली काँग्रेसको तर्फबाट दिपेन्द्र थापा र ९ख०बाट डिल्लीराम सुवेदी उम्मेदवार बनेका छन् । जिल्लामा विशेषगरी पाँचदलीय गठबन्धन र एमालेबिच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ राजनैतिक जानकारीहरु बताउँछन् ।

b 4
Leave A Reply

Your email address will not be published.