एमाले नछाड्ने भीम रावलको घोषणा, यस्तो छ प्रेस विज्ञप्ती

68

काठमाण्डाैँ  ।  नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले आफूले एमालेमा पाँच दशकसम्म धेरै पसिना बगाएको बताएका छन् । उनले आफूले अनेकौं जोखिम र कष्टकर क्षणहरुको सामना गर्दै पार्टीको विस्तार र विकासमा योगदान गरेको पनि उल्लेख गरेका छन् ।

आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् । उनले विज्ञप्तीमा भनेका छन्,”यहाँ मैले उम्मेदवारी पाएँ कि पाइनँ भन्ने विषयभन्दा नेकपा (एमाले) को घोषित दर्शन, सिद्धान्त, नीति र कार्यक्रमविपरित दक्षिणपन्थी शक्ति र व्यक्तिहरुसँगको साँठगाँठ तथा स्वदेशी र विदेशी प्रतिक्रियावादीहरुसँग सामिप्य र चलखेलले उम्मेदवारीमा दखल भएको त होईन भन्ने चिन्ता हो ।” उनले आफूले देश र जनताको पक्षमा उठाउँदै आएको झण्डा अविचलति निरन्तर समाति नै रहने पनि उल्लेख गरेका छन् ।

Leave A Reply

Your email address will not be published.