सन्धिखर्क । राति काे समयमा अर्घाखाँची जिल्लाकाे सन्धिखर्क बाट गोरुसिङ्गे तर्फ अवैध १२ वटा भैंसिहरु लैजाने क्रममा प्रहरीले सन्धिखर्क नगरपालिका वडा नम्बर ६ बाट बरामद गरेकाे छ । नरपानी प्रहरी चौकीमा खटिएको प्रहरी नायव निरिक्षक हुम बहादुर वि.क.को नेत्तृत्वमा सवारी साधनहरु चेकजाँच गर्दा गैरकानुनी रुपमा स्त्री प्रजातिका १२ वटा भैसीहरु गोरुसिङ्गे तर्फ लैजादै गर्दा पक्राउ गर्न सफल भएकाे हाे ।
लु २ ख २०५ नं. को मालवाहक ट्रकमा आवश्यक कागजात विना अं.मुल्य रू. १० दश लाख बराबराका १२ वटा भैसीहरु पक्राउ गरि आवश्यक कारवाहीको लागी सन्धिखर्क नगरपालिकाको कार्यालय पठाइएको प्रहरीले जानकारि दिएकाे छ ।