दोर्जे लामाले उम्मेदवारी फिर्ता लिएसँगै मनाङे निर्विरोध भएका हुन । यद्यपि उनी निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । निर्वाचन कार्यालयले औपचारिक रूपमा दिउँसो ३ बजे उनको उम्मेदवारी फिर्ता भएको सूचना निकाल्नेछ । उनको उम्मेदवारी फिर्तासँगै मनाङे गण्डकी प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद हुने भएका छन् ।
